सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु

दुर्घटनामा परेर गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएकोमा सबै जनाको मृत्यु भइसकेको थियो।

नेपालभ्युज

सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम। धनुषा जिल्लामा सवारी दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ।

सोमबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ सिन्धुलीटोलमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका वडा नंं ४ बस्ने १९ वर्षीय सुमित टिण्डेवाल रहे पनि अन्य दुई जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

सडक छेउमा रोकिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा उक्त दुर्घटना भएको प्रहरी प्रवक्ताले जानकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएकोमा सबै जनाको मृत्यु भइसकेको थियो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved