खुले काठमाडौंका स्कूल (तस्वीरमा हेर्नुहोस्)

खुले काठमाडौंका स्कूल (तस्वीरमा हेर्नुहोस्)
फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकामा १० असोज (आज) बाट विद्यालय सञ्चालनमा आएका छन्।

महानगरपालिकाका प्रमुखसमेत रहेका नगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा गत साता (बुधबार) बसेको बैठकले २७ बुँदे मापदण्ड बनाइ विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

विद्यालय सञ्चालनका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामूहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजानेजस्ता मापदण्ड पालना गरी विद्यालय सञ्चालन भएको छ।

काठमाडौं जिल्लामा २६८ सामुदायिक विद्यालय रहेका छन्। जिल्लामा धेरैजसो स्कुल सञ्चालन आइसकेका छन्। केही भने दशैंपछि मात्र सञ्चालन गर्ने योजनामा छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved