सात महीने शिशु र एक युवकको शव फेला

नेपालभ्युज

सर्लाही। सर्लाहीमा छुट्टाछुट्टै स्थानमा सात महीने शिशु र एक युवकको शव फेला परेको छ।

मलंगवा नगरपालिका ४ स्थित सार्वजनिक पोखरीमा सात महीने शिशुको र मलंगवा ७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो।

आज बिहान करीब १० बजे पोखरीमा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

अहिलेसम्म दुबै शवको पहिचान नखुलेको र घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved