सशस्त्र असई बनाइदिने भन्दै चार लाख ९१ हजार ठगी गर्ने पक्राउ

नेपालभ्युज

सशस्त्र असई बनाइदिने भन्दै चार लाख ९१ हजार ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सोमबारसार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘निजले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई आफूले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा जम्मा रु चार लाख ९१ हजार जम्मा गर्न लगाइ ठगी गरी फरार भएकामा काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएकाले क्षेत्रीलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका क्षेत्रीलाई काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved