तस्वीरमा हेर्नुहोस्, अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान

तस्वीरमा हेर्नुहोस्, अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि हलमा ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान जारी छ ।

२४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदै छ । खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही भिड्दैछन् ।

महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेल प्रतिस्पर्धामा छन् ।

यस्तै, उपमहासचिवमा अमर बहादुर शाही कमल जोशी र प्रेमिका शाही उम्मेदवार छन् भने सचिवमा रक्षा बम, मनोज राई, अनुप लामिछाने,रोहित बम, स्मृती बराल, रेखा न्यौपाने,मदन भण्डारी, आकाश अधिकारीलगायत ३५ जनाको उम्मेदवारी परेको छ ।

१ हजार ५ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन् ।

हेरौं तस्वीर –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved