कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

नेपालभ्युज

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

काठमाडौं । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ ।

मोटरसाइकल चालक रौतहट गरूडा नगरपालिका-२ गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र उनकी ४० वर्षीय छोरी उर्मिलादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रपुर–४ स्थित पूर्व पश्चिम लोकमार्गमा आइतबार बिहान सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका-१२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved