जम्मू–कश्मीरमा मारिएका सुदीपको आज अन्त्येष्टि गरिँदै

नेपालभ्युज

जम्मू–कश्मीरमा मारिएका सुदीपको आज अन्त्येष्टि गरिँदै

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मारिएका बुटवलका सुदीप न्यौपानेको आज (बिहीबार अन्त्येष्टि गरिँदै छ ।

त्रिवेणीघाट लगेर उनको अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।

सुदीपको शवलाई दिल्लीबाट लखनऊसम्म हवाई मार्ग र त्यसपछि बुटवलसम्म स्थलमार्ग हुँदै एम्बुलेन्समा ल्याइएको थियो । उनको शव बिहीबार बिहान बुटवलस्थित कालिकानगरमा रहेको घरमा पुर्याइएको थियो ।

सुदीपको शव ल्याउन सुनौली नाकासम्म परिवारका सदस्य तथा नेपाली सेना लगायतका पुगेको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षसमेत रहेका सुदीपका काका दधिराम न्यौपानेले बताए ।

गएको शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मीर गएका सुदीपमाथि बन्दूकधारीहरूको आक्रमणमा परी मङ्गलवार मृत्यु भएको हो ।

जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved