जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

नेपालभ्युज

जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो
सुदीप न्यौपानेको शव ल्याइएपछि बुटवलस्थित उनको घरमा जम्मा भएका स्थानीय ।

काठमाडौं । भारतको जम्मू-कश्मीरको पहलगममा भएको इस्लामिक कट्टरपन्थीको हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । उनको शव बिहीबार बिहान रुपन्देशीको बुटबलस्थित घर पुर्याइएको छ ।

मङ्गलबार पहलगममा आतङ्ककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला (रेणु) पाण्डे, युवराज काफ्ले, सुष्मा

न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि नेपाल ल्याइएको छ । आक्रमणमा परेर रिमकला घाइते छिन् ।

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । सो आतङ्ककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved