वीरगञ्जका धार्मिकस्थल भ्रमणमा जापानी राजदूत

गहवामाईको दर्शन

नेपालभ्युज

वीरगञ्जका धार्मिकस्थल भ्रमणमा जापानी राजदूत

वीरगञ्ज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार वीरगञ्जको धार्मिकस्थलको भ्रमण गरेका छन् ।

राजदूत तोरुले बुधबार सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गरेका हुन् । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गरेका छन् ।

दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आएका राजदूतले घडीअर्वा पोखरी र मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आएको जानकारी दिए । ‘उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ,’ उनले भने । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved