काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा तीनखण्डे चीर ठड्याएसँगै काठमाडौं उपत्यकामा यस वर्षको फागु पर्व (होली) विधिवत सुरु भएको छ ।
शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभ साइतमा रङ्गीविरङ्गी ध्वजापताका सहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको हो ।
उक्त चीर हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनीस्थित ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ठड्याउने परम्परा छ ।
हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहँदै आएको छ ।
प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ ।
यस वर्ष फागु पूर्णिमा उपत्यकासहितका पहाडी जिल्लामा फागुन २९ गते र तराई/मधेसका जिल्लामा चैत १ गते मनाइदै छ ।
तस्वीरहरू :

Facebook Comment
Comment