रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सिरहाकी रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन भएको छ ।

माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले सोमबार प्रदर्शन गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु गत माघ ३० मा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान गर्न ८ जनालाई पक्राउ गरिसकेको छ ।

हेरौँ, तस्वीरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved