पाथीभरा केबलकार विवाद

ताप्लेजुङमा निषेधाज्ञा, पाँच जनाभन्दा बढीको जमघट गर्न नपाइने

नेपालभ्युज

ताप्लेजुङमा निषेधाज्ञा, पाँच जनाभन्दा बढीको जमघट गर्न नपाइने

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङमा निषेधाज्ञा लगाइएको छ । आज (आइतबार) बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुने सम्भावित प्रदर्शन, जुलुसका कारण शान्ति सुरक्षा भङ्ग हुने जोखिमलाई मध्यनजर गर्दै निषधाज्ञा लगाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।

अब फुङलिङ र आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढीको जमघट, सभा, प्रदर्शन, जुलुस वा घेराउ गर्न निषेध गरेको छ ।

‘आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुनी कारबाही गरिनेछ । सर्वसाधारणलाई यो आदेशका बारेमा जानकारी गराइन्छ र सबैले यस आदेशको पालन गर्न अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ताप्लेजुङको फुङलिङ र पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षले शनिबार पनि आन्दोलन गरेको थियो । साँझ फुङलिङ बजारमा निकालिएको राँके जुलुसपछि झडप भएको थियो ।

झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् ।

आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved