सचिव कुटेको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

सचिव कुटेको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कर्मचारी कुटपिटको आरोपमा पक्राउ परेका तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा गुरुङ सोमबार पक्राउ परेका थिए ।

गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले मङ्गलबार अनुमति दिएको तनहुँ प्रहरीका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै गुरुङले आफूमाथि कुटपिट गरेको भुसालको आरोप छ ।

कुटपिटबाट वडासचिव भुसालको गालामा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved