दक्षिण कोरिया पठाउने भन्दै १६ लाख ठग्ने व्यक्ति पक्राउ

नेपालभ्युज

दक्षिण कोरिया पठाउने भन्दै  १६ लाख ठग्ने व्यक्ति पक्राउ
सांकेतिक तस्वीर ।

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउने भन्दै ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले काठमाडौंबाट पक्राउ गरेको चौधरीलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको जनाएको छ ।

उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved