लेखा समिति सभापतिकी पत्नीको नाम जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

नेपालभ्युज

लेखा समिति सभापतिकी पत्नीको नाम जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङ जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले नेपाल भ्युजलाई जानकारी दिए ।

यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छिन् ।

कोइराला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनले पदबाट राजीनामा दिएकी थिइन् ।

पक्राउ पुर्जी जारी हुनेको नाम भने डीएसपी जोशीले खुलाउन चाहेनन् । ‘१० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उहाँहरूको नाम अहिले नै सार्वजनिक गर्दा गिरफ्तारीमा समस्या हुन सक्छ,’ उनले भने ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिएको छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत रकम २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved