दिल्लीमा बसेर अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै मानव तस्करी, मुख्य गिरोह पक्राउ

नेपालभ्युज

दिल्लीमा बसेर अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै मानव तस्करी, मुख्य गिरोह पक्राउ

काठमाडौं । अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोह पक्राउ परेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षिय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षिय विष्णुबहादुर बराली र सोही स्थानका ४८ वर्षिय जंगबहादुर विक छन् ।

उनीहरूमाथि प्रतिव्यक्ति ४ लाखमाथिको आकर्षक तलब हुने प्रलोभनमा पारी अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लाग्ने भनी विश्वास दिलाएर १० जनाबाट ५ करोड ५० लाख रकम ठगेको आरोप छ ।

नेपालमा टासी शेर्पा, ङिमवुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राखि उनीहरू भारतको नयाँ दिल्लीमा बसेर संगठीत रूपमा मानव तस्करी एवम् ठगीमा संलग्न मुख्य गिरोहलाई कञ्चनपुर गड्डाचौकी नजिक लुकी छिपी रहेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved