काठमाडौं । बर्दियामा स्रोत नखुलेको २८ सेट सुनका विभिन्न गरगहनासहित दुई जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेका छन् ।
गोप्य सूचनाका आधारमा पुगेको जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले शनिबार बेलुकी साढे ६ बजेतिर चेक जाँचका क्रममा उनिहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरू पक्राउ परेका हुन् ।
उनिहरुमाथि थप अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
Facebook Comment
Comment