काठमाडौँ । शिवम् सिमेन्टका भि.पि.(सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् । उनी यही कार्तिक ३ गते ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनद्वारा आयोजित अवार्ड कार्यक्रममा ‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट २०२३’बाट सम्मानित भएका हुन् ।
अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत छन् । ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ ।
यसको को प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरूमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।
ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारीहरूलाई छनौट गरी अवार्ड प्रदान गर्दछ ।
Facebook Comment
Comment