काठमाडौं। सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित भ्यु होटल सिद्धार्थ, नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको हो ।
नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो ।
होटलका तर्फबाट सो अवार्ड ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एन्ड मार्केटिङ म्यानेजर निरपेश श्रेष्ठ र क्लस्टर सेल्स एन्ड मार्केटिङ म्यानेजर नवीन भट्टले संयुक्त रूपमा लिएका थिए ।
नेपाल भ्युजसँग गरिएको कुराकानीमा होटल सिद्धार्थ बुटिकका प्रबन्धक रबिन अर्यालका अनुसार मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेकाले होटललाई सो अवार्डबाट सम्मानित गरिएको हो ।
विभिन्न क्षमताका ६ वटा हल छन् । ११०० जनाभन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभा/सम्मेलन गर्न सकिने होटलले जनाएको छ ।
फोर स्टार स्ट्यान्डर्डको यस होटल वि.सं. २०६५ भदौदेखि सञ्चालनमा आएको हो ।
होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्यान्डर्ड प्रकृतिका १२५ वटा रुम छन् । होटलले फाइभ स्टार स्ट्यान्डर्डको सेवाहरू दिँदै आएको यस होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुचिअनुसारको अनुभव लिन सक्नेछन् ।
होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हलका साथै स्पा, सलोन र फिटनेस सेन्टरसमेत रहेको छ ।
होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध वागेश्वरी मन्दिर, नेपालगञ्जको पुरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्कलगायत छन् । जहाँ होटलका ग्राहकहरूले उत्साहका साथ अवलोकन गर्न सक्नेछन् ।
Facebook Comment
Comment