काठमाडौं। नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ ।
साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिउँसो १२ बजे काठमाडौंमा उद्घाटन गर्नेछन् । यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ती, संघको विधान र विविध विषयका एजेन्डामाथि छलफल र निर्णय हुनेछ ।
साधारणसभापछि अधिवेशन सुरु हुनेछ । अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ । वर्तमान अध्यक्ष चतुरबहादुर चन्दबाहेक अहिलेसम्म अध्यक्षको लागि अरु कसैले दाबी गरेका छैनन् ।
कोभिड र विविध कारणले यो कार्यकालमा राम्ररी काम गर्न नपाएको तर्कसहित चन्दले फेरि अध्यक्षमा लड्ने तयारी गरेका हुन् ।
अध्यक्षकै लागि अहिलेका कोषाध्यक्ष रोशन सिंहको चर्चा चलेपनि अहिलेसम्म सिंहले उम्मेदवारीको घोषणा गरेका छैनन् ।
बाग्मती प्रदेशको अध्यक्ष विजयी भएका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेपनि अहिलेसम्म निर्णय गर्न सकेका छैनन् ।
पारसले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।
Facebook Comment
Comment