काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएकी मोडल एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छिन्। पार्टीमा लागेको पाँच महिनामै उनले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी हुन्।
देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्।
पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजाले जेलबाट रेशम चौधरी छुट्दा स्वागत गर्न डिल्लीबजार कारागारमा समेत पुगेकी थिइन्।
आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन्।
यससँगै उनले धरानमा मेयर हर्क साम्पाङसँगै बिरुवा रोप्न गएकी छिन्। हर्क साम्पाङ सँगको फोटो पोस्ट गर्दै उनले अब समाजसेवामा लाग्ने बताएकी छिन्।
फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।
Facebook Comment
Comment