उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न (फोटो फिचर)

धनी, गरिब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ। यता, सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न (फोटो फिचर)

जनकपुरधाम। आस्था, विश्वास, श्रद्धा एवं समाजिक सद्भावको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ।

मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।

ब्रतालुहरूले दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य्य दिए।

छठको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठपर्वमा महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो।

अस्ताउने र उदाउने दुई वटै सूर्यको पूजा हुने एक मात्र यस पर्वमा अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ। यता, सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved