पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार बैठक बसेर मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिन लागिएको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
“नेतृत्वबाट निर्देशन आइसकेपछि के पर्खिएर बस्ने होर, हामी आजै बाहिरिँदै छौँ,” चुमानले भने ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।
एमालेका मुख्यमन्त्रीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । यद्यपी माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी भने जारी राखेको छ ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७,एमालेको २२,माओवादीको ८ र राप्रपाको २ सिट रहेको छ ।
Facebook Comment
Comment