काठमाडौं। पार्किङ हटाएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध दरबारमार्ग क्षेत्रका व्यवसायीहरू आन्दोलित भएका छन् ।
काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस क्षेत्रका एकतर्फी पार्किङ हटाएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीहरूले आफ्ना पसलका सटरहरू बन्द गरेर सडकमै कालो ब्यानर राखेर प्रदर्शन गरेका छन् ।
महानगरले १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । व्यवसायीहरूले पार्किङ नभएपछि सटर भाडासमेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् । व्यवसायीहरूले महानगरसँग वार्ता गर्ने भने पनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन् ।
महानगरपालिकाविरुद्ध दरबारमार्ग क्षेत्रका व्यवसायीहरू आन्दोलित बनेपछि दरबारमार्गमा यस्तो देखिएको छ । हेरौं तस्वीरहरू

Facebook Comment
Comment