सम्पदाको शहर, दुर्गन्धको कहर (फोटो फिचर)

मुलुकको संघीय राजधानी भन्नेबित्तिकै सुन्दर, सफा क्षेत्रको चित्र आँखामा आउँछ । तर, काठमाडौंको अवस्था भने ठ्याक्कै उल्टो छ ।

सम्पदाको शहर, दुर्गन्धको कहर (फोटो फिचर)

काठमाडौं। मुलुकको संघीय राजधानी भन्नेबित्तिकै सुन्दर, सफा क्षेत्रको चित्र आँखामा आउँछ । तर, नेपालको राजधानी काठमाडौंको फोहोर र दुर्गन्धको अर्को पाटोले नेपालीलाई नै गिज्याइरहेको छ।

काठमाडौंका मुख्य शहरको बीचमा सबैजसो खोला र नदीमा ढल मिसाइएको छ। फोहोरसमेत फ्याक्ने गरिएको छ। यसबाट प्राकृतिक तथा सांस्कृतिक सम्पदा दुर्गन्धित मात्रै बनेका छैनन्, सिङ्गो काठमाडौंलाई नै बदनाम बनाएको छ।

नदी सफा गर्नको लागी धेरै अभियान चले। न त नदीमा मलमूत्र मिसाउन रोकियो, न कसैलाई कारबाहीको दायरामा ल्याइयो। सबैजसो खोला र नदीमा फोहोर पानी फाल्ने, ढल मिसाउने, सेफ्टि ट्यांकीबाट सिधै मलमूत्र खन्याउने काम भइरहेको छ।

हेरौँ काठमाडौं र ललितपुर जोड्ने थापाथली पुल वरिपरि र बागमती नदीमा फालिएको फोहोरको दृश्य।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved