जनकपुरधाम । जयनगर–जनकपुरमा सञ्चालन भइरहेको रेल्वे सेवा दिनमा थप एकपटक सञ्चालन गरिने भएको छ ।
जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमी मेलालाई ध्यानमा राखेर तीन दिन थप सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए ।
दैनिक दुई पटक ओहोरदोहोर गरी सञ्चालन भइरहेको रेल सेवा मङ्सिर ११, १२ र १३ गते तीन पटक सेवा सञ्चालन गरिने झाले जानकारी दिए ।
मेलामा सहभागी हुन आउने तीर्थयात्री, यात्रुगण तथा सर्वसाधारणको चापलाई मध्यनजर गर्दै रेल सेवा थप गरिएको उनले बताए।
तीन दिन बिहान ८:३० बजे जयनगर–कुर्था, दिउँसो १२:३० बजे जयनगर–जनकपुर र दिउँसो ३ बजे जयनगर–कुर्था रेल सेवा सञ्चालन गरिने समय निर्धारण गरिएको छ ।
त्यस्तै, कुर्था–जयनगर बिहान १०ः४५ बजे, जनकपुर–जयनगर दिउँसो १ः४० बजे र कुर्था–जयनगर दिउँसो ५ः१५ बजे रेल सञ्चालनको तयारी गरिएको महाप्रबन्धक झाले जानकारी दिए ।
Facebook Comment
Comment