काश्मिरी मस्जिदमा ‘इद मुबारक’ (तस्वीरहरू)

नेपालभ्युज

काश्मिरी मस्जिदमा ‘इद मुबारक’ (तस्वीरहरू)
तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज (शनिबार) देशभर मनाइँदैछ ।

इदुल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

शनिबार बिहान जमल तीनधाराको काश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्वी भेला भएर सामुहिक नमाज पढेका थिए ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । यसदिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामुहिक नमाज पढ्ने गर्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै इद मुबारक भन्दै शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved