पानीको मुहान सफा गरी सिथी नख: पर्व मनाइँदै (तस्वीरहरू) 

पानीको मुहान सफा गरी सिथी नख: पर्व मनाइँदै (तस्वीरहरू) 

काठमाडौं। नेवार समुदायले आज सिथी नख: पर्व मनाउँदै छन्। जेठ शुक्ल षष्ठीका दिन पर्ने यस पर्वमा इनार, कुवा, ढुङ्गे धारा जस्ता पानीका श्रोत र मुहानहरूको सरसफाइ गरिन्छ।

वर्षा याम सुरु हुनु अघि फोहोर पानी मिसिन नदिई शुद्ध पानी प्रवाह होस् भन्ने उद्देश्यले पानीका श्रोत र मुहानहरू वरिपरि सफा गर्ने परम्परा रहेको छ। यस दिनलाई कुमार षष्ठी पनि भनिन्छ, जुन भगवान् कुमार कार्तिकेयको जन्म दिन हो।

आजै नेवार समुदायले नवदुर्गा भवानी तथा शक्ति पीठहरूको पूजा गरी, नयाँ गहुँबाट बनाइएको ‘म्हुछ्यामढी’ चढाउने चलन छ। साथै, मास, मुगी, केराउजस्ता दलहनबाट बनेका ‘वः’ अर्थात् बारा लगायतका परिकार खाने परम्परा पनि रहिआएको छ।

सिथी नख: लाई वर्षको अन्तिम पर्वको रूपमा लिने गरिन्छ। शरीरमा तागत दिने र खेतीपातीका लागि तयारी गर्ने उद्देश्यले आजका विशेष परिकार खाने जनविश्वास रहेको छ।

तस्वीरमा पाटन स्थित मंग हिती सफा गर्दै स्थानीय –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved