जावलाखेलको चिडियाखानामा एउटा गैँडा थपियो

नेपालभ्युज

जावलाखेलको चिडियाखानामा एउटा गैँडा थपियो
फाइल तस्वीर

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैँडा थपिएको छ ।

चितवनबाट ल्याइएको गैँडालाई बिहीबार चिडियाखानामा राखिएको हो ।

चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको प्रयासमा अर्को गैँडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैँडाको उमेर तीन वर्षको रहेको छ । सदर चिडियाखानाले दुईवटा गैँडा माग गरेकोमा अर्को छिट्टै आउने प्रमुख साहले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved