धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न जुट्यो सहमति

नयाँ नाम ‘श्रीराम चोक’ राखिने

नेपालभ्युज

धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न जुट्यो सहमति

जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचोक नामलाई हटाएर श्रीरामचोक राख्ने निर्णय भएको छ ।

गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहनभन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही व्यक्तिले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सिर्जना भएको थियो ।

सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचार भइरहेको छ ।

विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

वडा नं. ९ का वडाध्यक्ष मनीष राय अमातको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकबाट सो चोकको नाम श्रीराम चोक राख्ने निर्णय भएको छ । बैठकले चोकमा ‘श्रीराम चोक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट उल्लेख गरिने निर्णय गरेको छ ।

बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved