पोखरा महानगर-४ का वडाअध्यक्ष पराजुली पक्राउ

नेपालभ्युज

पोखरा महानगर-४ का वडाअध्यक्ष पराजुली पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। वडा नम्बर ४ कै व्यवसायीले पराजुलीले हातपात गरेको भन्दै किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा ढिकीडाँडाबाट पराजुलीलाई पक्राउ गरिएको हो। प्रहरीले पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाउने जनाएको छ।

यसैबीच, पराजुलीले पोखरा महानगरपालिकाका कर्मचारी ईश्वरीप्रसाद पोख्रेललाई पनि मङ्गलबार कुटपिट गरेको आरोप छ। सोही घटनाको विरोधमा महानगरपालिकाका कर्मचारीहरूले बुधबार सेवा ठप्प पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved