बागमती मन्त्रिपरिषद् बैठक : बजेट अधिवेशन ५ जेठमा गर्ने तयारी, ३ सचिवको पदस्थापना

बागमती मन्त्रिपरिषद् बैठक : बजेट अधिवेशन ५ जेठमा गर्ने तयारी, ३ सचिवको पदस्थापना

हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेह्राैं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाकाे अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

यसैगरी,  बैठकले सङ्घिय  सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापना र २ सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

बैठकले वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ  ।

यस्तै सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव बिनु बज्राचार्य र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय   गरेको प्रवक्ता लामिछानेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved