सिरहामा नेपाल-पाकिस्तान मित्र पार्कको विरोध

नेपालभ्युज

सिरहामा नेपाल-पाकिस्तान मित्र पार्कको विरोध

सिरहा । जिल्लाको गोलबजारमा निर्माण गर्ने भनिएको नेपाल-पाकिस्तान मित्र पार्कको विरोध भएको छ ।

मित्र पार्कको विरोधमा उत्रिएको धर्मराज हिन्दू सेनाले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुत्लासमेत दहन गरेको थियो ।

भारतको पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली युवा सुदीप न्यौपाने मारिएका थिए । आतङ्ककारीले नाम र धर्म सोध्दै हत्या गरेका थिए । यो हमलामा पाकिस्तानको संलग्नता रहेको भारतको आरोप छ । यही कारण देखाउँदै धर्मराज हिन्दू सेनाले मित्र पार्कको विरोध गरेको हो ।

प्रदर्शनकारीले ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजना खारेज गर्नुपर्ने नारा लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved