तौल नियन्त्रण गर्न चाहनुहुन्छ ? छोड्नुहोस् यी ५ बानी

नेपालभ्युज

तौल नियन्त्रण गर्न चाहनुहुन्छ ? छोड्नुहोस् यी ५ बानी

काठमाडौं । बढ्दो मोटोपनाले शरीरमा धेरै समस्या निम्त्याउँछ ।

तौल कम वा बढी हुनुमा तपाईंको बानी जिम्मेवार हुन्छ । केही यस्ता बानीहरू छन् जसले तपाईंको मोटोपना बढाइरहेको हुन्छ ।

धेरै पटक तपाईंलाई मोटोपना कसरी बढिरहेको छ त्यो पनि थाहा नहुन सक्छ । आज हामी तपाईंलाई त्यस्ता ५ बानीहरूको बारेमा बताउँदैछौँ जसले बिस्तारै शरीरमा मोटोपना बढाउन थाल्छ, यसबारे जानौँ –

धेरै जङ्क फूड खाने

यदि तपाईं धेरै जङ्क फूड सेवन गर्नुहुन्छ भने यसले मोटोपना तीव्र रूपमा बढ्न थाल्छ । मैदा, प्याक गरिएका खाना र फ्रोजन फूड बढ्दो मोटोपनाको ठूलो कारण हो । यी खानाहरूले शरीरमा खराब कोलेस्ट्रोल र मोटोपना बढाउँछन् ।

यदि तपाईं पनि चिप्स, बर्गर, पिज्जा वा बाहिरको खाना धेरै खानुहुन्छ भने यो बानी तुरुन्तै छोड्नुहोस् । तपाईंको तौल बिस्तारै घट्न थाल्नेछ ।

राती ढिलो खाना खाने

केही मानिसहरू राति ढिलो खाना खान्छन् । ढिलो खाना खाँदा खाना राम्रोसँग पच्दैन र यो बोसोमा परिवर्तन हुन्छ । राती ढिलो खाना खानु पनि तौल बढ्ने एक कारण हो ।

यदि तपाईं राति ढिला खाना खानुहुन्छ भने यो बानी बदल्नुहोस् । बेलुका ७ बजे पछि खाना छोड्नुहोस् । तपाईंको तौल घट्न सुरु गर्नेछ ।

व्यायाम नगर्ने

जुन मानिसहरू दिनभरि कुनै पनि वर्कआउट गर्दैनन्, कुनै पनि शारीरिक गतिविधि गर्दैनन्, उनीहरूको तौल बढ्नु स्वाभाविक हो । यस्ता मानिसहरूमा मोटोपना तीव्र रूपमा बढ्छ । त्यसैले आजैदेखि केही न केही वर्कआउटलाई आफ्नो जीवनशैलीमा अवश्य समावेश गर्नुहोस् । तौल नियन्त्रणमा रहनेछ ।

गुलियो र तारेको खाना खाने

यदि तपाईं धेरै गुलियो खानुहुन्छ, बजारमा पाइने प्याक गरिएका जुस, कोल्ड ड्रिङ्क वा अन्य पेय पदार्थहरू सेवन गर्नुहुन्छ भने यसले तौल बढाउँछ । धेरै तेल भएको खानाले पनि मोटोपना बढाउँछ । त्यसैले यी दुवै चीजहरूबाट टाढा रहनुहोस् ।

खाना खाएर तुरुन्तै सुत्ने

केही मानिसहरू खाना खाएर तुरुन्तै सुत्छन् । यसले तौल बढाउँछ । खाना खाएर तुरुन्तै सुत्नाले मोटोपना बढ्न थाल्छ । यदि तपाईंको बानी पनि यस्तै छ भने यसलाई तुरुन्तै बदल्नुहोस् । खाना खाएपछि १५–२० मिनेट हिँड्नुहोस् ।

खाना खाने र सुत्ने बीचमा कम्तीमा २–३ घण्टाको अन्तर हुनु आवश्यक छ । यसले तौल बढ्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved