न्यायाधीश नियुक्तिको चर्चाबीच न्याय परिषद् बैठक

नेपालभ्युज

न्यायाधीश नियुक्तिको चर्चाबीच न्याय परिषद् बैठक

काठमाडौं । न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा न्याय परिषद्को बैठक सुरु भएको छ ।

बबरमहलस्थित परिषद्को कार्यालयमा बिहीबार साँझ सुरु भएको बैठकमा न्यायाधीश नियुक्ति र सरुवाका प्रस्तावहरू रहेका छन् । यस्तै केही न्यायाधीशमाथि परेको उजुरीमासमेत छलफल हुने जनाइएको छ ।

परिषदको बैठक न्यायाधीश नियुक्तिको विषयमा निर्णय हुनसक्ने एक सदस्यले बताए । देशभरका जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश पद रिक्त रहेका छन् ।

नियमावलीको विषयमा बार र बेन्चबीच द्वन्द चर्किएपछि न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बार एसोसिएसनको नयाँ नेतृत्व निर्वाचित भएपछि पहिलोपटक परिषद्को बैठक बसेको हो । हालै नेपाल बार एसोसिएसनमा विजय मिश्रको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।

हाल प्रधानन्यायाधीश राउतको नेतृत्वमा रहेको परिषद्मा वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्य रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved