नुहाउने क्रममा बागमतीमा डुबेर युवकको ज्यान गयो

नेपालभ्युज

नुहाउने क्रममा बागमतीमा डुबेर युवकको ज्यान गयो

रौतहट । रौतहटको बागमती नदीमा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमतीको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।

वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङबस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

अत्यधिक गर्मी भएपछि नुहाउन युवक नजिकको बलेरीस्थित बागमतीमा पुगेको स्थानीय बताउँछन् ।

खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved