मौरीले टोकेर एक जनाको मृत्यु

नेपालभ्युज

मौरीले टोकेर एक जनाको मृत्यु
फाइल फोटो

तानसेन । पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु भएको हो ।

कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विश्वकर्माले आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए । उनी खाना खान घर जाने क्रममा बाटोमा खागमौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved