मधेसको मुख्यमन्त्री कार्यालयबाट योजनाका फाइल अख्तियारले नियन्त्रणमा लियो

मधेसको मुख्यमन्त्री कार्यालयबाट योजनाका फाइल अख्तियारले नियन्त्रणमा लियो

जनकपुरधाम। मधेसको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारको बर्दिबासको टोलीले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको ह।

यी सबै योजनाहरू तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा कार्यान्वयन गरिएको थियो। तीन महिनाअघि परेको उजुरीको आधारमा छानबिन गर्न सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टमलगायतका सफ्टवेयर खरिद गरिएको थियो। यद्यपि ती सफ्टवेयर हालसम्म प्रयोगमा छैनन् र स्टोरमा समेत दाखिला गरिएको पाइएको छैन। खरिद गरिएका सफ्टवेयरहरूको लागत एक करोड रुपैयाँभन्दा बढी रहेको छ।

मुख्यमन्त्री स्वच्छता अभियान पनि मुख्यमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्म सञ्चालन गरिएको थियो। यी कार्यक्रमका सबै फाइलहरू पनि अख्तियारले नियन्त्रणमा लिएको हो ।

स्वच्छता अभियान भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री राउतले यो कार्यक्रम भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गर्न बाध्य भएको थियो।

अख्तियारले पछिल्लो पाँच दिनदेखि मधेशको मुख्यमन्त्री कार्यालयमा फाइलको लागि नियमित सम्पर्क गर्दै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved