गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, कोशी र मधेसमा हुरीबतास

नेपालभ्युज

गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, कोशी र मधेसमा हुरीबतास
सांकेतिक तस्वीर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आङ्शिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आङ्शिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज (मङ्गलबार) दिउँसो देशभर आङ्शिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै अपराह्नको समयमा कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved