मानवअधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने

नेपालभ्युज

मानवअधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचन अनुगमनका लागि केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट टोली गठन गरी अनुगमन गर्ने तयारी गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताउँदै त्यसका लागि टोली गठन गरिसकेको जानकारी दिए । आयोगले विगतदेखि शान्ति, सुरक्षा तथा मानव अधिकारको दृष्टिकोणले निर्वाचनको अनुगमन गर्दै आइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज (मङ्गलबार) स्ववियु निर्वाचन हुँदैछ । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा भने यही चैत ८ गते हुँदैछ ।

सम्बन्धित समाचार :

त्रिविका अधिकाङ्श क्याम्पसमा आज स्ववियु निर्वाचन, कीर्तिपुरमा भने ८ गते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved