महाशिवरात्रिको तयारी

फूलैफूलले यसरी सजाइँदै छ पशुपति क्षेत्र (तस्वीरहरू)

फूलैफूलले यसरी सजाइँदै छ पशुपति क्षेत्र (तस्वीरहरू)

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रलाई फूल मालाले झकिझकाउ बनाउने तयारी चल्दै छ ।

प्रवेशद्वारदेखि मुख्य मन्दिर परिसरसम्म थरीथरीका गुलाब, सयपत्री, रङ्गीचङ्गी एस्टर र हरिया पातहरूले सजाउन लागिएको छ ।

श्रद्धालुहरूको भीड, साधुसन्तहरूको भक्ति, र फूलमय सजावटले महाशिवरात्रिको दिन पशुपति क्षेत्रलाई अझै भव्य बनाउने छ ।

यसपालि पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा प्लास्टिक र प्लास्टिक जन्य फूल निषेध गरेको छ । यहाँ सजाउन भारतदेखि फूलहरू ल्याइएको कोषले बताएको छ।

पशुपति क्षेत्रमा फूल र मालाले सजाउन ५० जनाभन्दा बढी कामदार खटाइएका छन् । कोषका अनुसार आज साँझसम्म सजाउने काम करिब सकिने छ।

हेरौँ पशुपति सजाउँदै गर्दाका तस्वीर:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved