सशस्त्रकी इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिइन्

नेपालभ्युज

सशस्त्रकी इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिइन्
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । शसस्त्र प्रहरी बल नेपालकी एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

सिन्धुपाल्चोक घर भएकी  सन्तोषी महत डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला  परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् । उनले पोखरामा इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी  थिइन् ।

महतको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको  छ । उनी २०७२ सालमा सशस्त्रको सिपाहीमा भर्ना भएकी थिइन् ।  उनले २०७८ सालमा असई र २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved