जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको हुन् ।
भानुचौकबाट सुरु भएको जुलुस शिवचौक हुँदै जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘मुख्यमन्त्री सतिश सिंह मुर्दावाद’, ‘प्रदेश सरकार मुर्दावाद’जस्ता नारा लगाएका थिए ।
मसाल जुलुस सहभागी अक्षय यादवले आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदासमेत मधेसमा कुनै ठोस विकास कार्य अघि नबढेको आरोप लगाए । प्रदेश सरकारले जम्मा १ प्रतिशत मात्र बजेट खर्च गरेको भन्दै उनले मुख्यमन्त्रीको विरोधमा मसाल जुलुस निकालेका हुन् ।
उनले मुख्यमन्त्री सिंहले विकास योजनाको कार्यान्वयन गर्नुको सट्टा निजी अस्पतालहरूको अनुगमनमा मात्र चासो देखाउने गरेको आरोप लगाए ।
यसअघि पटक–पटक ज्ञापनपत्र बुझाए पनि मुख्यमन्त्री सिंहले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर मसाल जुलुस प्रदर्शन गरिएको यादवले बताए ।
Facebook Comment
Comment