काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा बुधबार प्रभातफेरिको आयोजना गरेको छ ।
बिहान रत्नपार्कस्थित शान्तिवाटिकादेखि सुरु भएको प्रभातफेरि लैनचौरको शहीद स्मारक पार्कमा पुगेर सभामा परिणत भएको थियो ।
यसअघि महानगरले आयोजना गर्ने उक्त कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्च पदस्थ अधिकारीसहितको प्रभातफेरिमा सहभागी भइ ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बताइएको थियो । विगतकाे परम्परा पनि त्यही थियाे ।
तर यसपालिकाे कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत कोही पनि मन्त्री उपस्थित भएनन् । कार्यक्रममा महानगरका मेयर बालेन शाह पनि सहभागी थिएनन् । तर उपमेयर सुनीता डङ्गोल भने सहभागी भइन् ।
पछिल्लो समय सङ्घीय सरकार र काठमाडौं महानगरका मेयर शाहबीच टसल छ । यही कारण प्रधानमन्त्रीलगायत उच्च पदस्थहरू अनुपस्थित रहेको विश्लेषण गरिएको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
शहीद दिवसका अवसरमा सङ्घीय सरकारले भने बिहान ११ बजे छुट्टै कार्यक्रम राखेको छ ।
हेराैं तस्वीरहरू :

Facebook Comment
Comment