काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इन्ड्राइभका चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रवीण बराल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीकाअनुसार २५ वर्षीय बराललाई थानकोटबाट पक्राउ गरिएको हो । इन्ड्राइभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चितवनको मुग्लिन बजारबाट काठमाडौं जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै ती महिलाले ‘टिकटक’मा भिडिओसमेत पोष्ट गरेकी थिइन् ।
पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
सम्बन्धित सामग्री-
महिलाका लागि असुरक्षित इन्ड्राइभ, राइडरको खुलेआम प्रस्ताव – एक घण्टा कतै बसौँ न
Facebook Comment
Comment