चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित

नेपालभ्युज

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

कुटपिटमा संलग्न नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेललाई सोमबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

असई भुजेलले गस्ती गर्ने क्रममा बसेनी चोकमा एक युवकमाथि निर्घात कुटपिट गरेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जहाँ प्रहरीले एक युवालाई भुइँमा लडाएर लात्तैलात्तले हानेको देख्न सकिन्छ ।

कुटपिटमा संग्लग्न व्यक्तिमाथि छानबिन गर्न यसअघि समिति बनेको थियो । छानबिन गर्दा कुटपिटमा संग्लग्न व्यक्ति असई भुजेल भएको पत्ता लागेको हो । यसपछि उनी निलम्बनमा परेका हुन् ।

रातको समयमा सर्वसाधारणमाथि प्रहरीको निर्घात कुटपिट (भिडिओसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved