रातको समयमा सर्वसाधारणमाथि प्रहरीको निर्घात कुटपिट (भिडिओसहित)

घटनाबारे अनुसन्धान हुँदै

नेपालभ्युज

रातको समयमा सर्वसाधारणमाथि प्रहरीको निर्घात कुटपिट (भिडिओसहित)

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । जहाँ प्रहरीले एक युवालाई भुइँमा लडाएर लात्तैलात्तले हानेको देख्न सकिन्छ ।

यो भिडिओ चितवनको भरतपुरस्थित बाइपास रोडको रहेको पुष्टि भएको छ । रातको समयमा सडकमा जाँच गर्ने क्रममा ती युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको पाइएको हाे ।

‘कसलाई फोन गर्ने ? पावर देखाएको !’ भन्दै प्रहरीले ती प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ । कुटपिटका क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै गालीगलौजसमेत गरेका छन् ।

मोटरसाइकलको कागजपत्र जाँच गरिरहेका प्रहरीले संयमता गुमाउँदा यो घटना भएको देखिन्छ ।

एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान सुरु गरिएको चितवन प्रहरीले जनाएको छ ।

सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

हेराैँ भिडिओ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved