काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३औं पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूलगेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा उक्त शालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पणसमेत गरेको थियो ।
देशमा गणतन्त्र आएसँगै तत्कालीन सरकारले पृथ्वी जयन्तीको बिदामा कटौती गरेको थियो ।
तर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारको पालादेखि सरकारले पृथ्वी जयन्तीमा बिदा दिँदै आएको छ ।
यद्यपि, सरकारले औपचारिक रुपमा यो दिवस मनाउने गरेको छैन । तर, राष्ट्रपति पौडेलले भने सिंहदरबारअगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्दै आएका छन् ।
यसअघि राष्ट्रपति पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका थिए ।
राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार बिहान एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन भनेका थिए ।
राष्ट्रपतिको माल्यार्पण हेरौँ फोटोफिचर :
जन्म दिवसमा इतिहासको सम्झना

Facebook Comment
Comment