जन्म दिवसमा इतिहासको सम्झना

देवीघाट : जहाँ पृथ्वीनारायणको दाहसंस्कार गरिएको थियो (तस्वीरहरू)

देवीघाट : जहाँ पृथ्वीनारायणको दाहसंस्कार गरिएको थियो (तस्वीरहरू)

काठमाडौं । वर्तमान नेपालको एकीकरणको नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाहको तादी र त्रिशूली नदीको सङ्गमस्थल नुवाकोटको देवीघाटमा दाहसंस्कार गरिएको थियो ।

पृथ्वीनारायणको विसं १८३१ माघ १ गते निधन भएको थियो । उनकै अन्तिम इच्छाबमोजिम देवीघाटमा दाहसंस्कार गरिएको इतिहासमा उल्लेख गरिएको छ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायणले आफ्नो शासनकालमा वर्तमान नेपालको एकीकरण प्रारम्भ गरेका थिए । काठमाडौंबाट करिब ६० किलोमिटरको दूरीमा रहेको यो प्रसिद्ध धार्मिक क्षेत्रमा जालपा माईको मन्दिरसमेत रहेको छ ।

यहाँ राजा पृथ्वीनारायणको दाहसंस्कार गरिएको ढुङ्गा पनि सुरक्षित राखिएको छ । साथै उनको शालिकसहितको पार्कसमेत निर्माण गरिएको छ ।

हेरौँ तस्वीरहरू :



पृथ्वीनारायण शाह : जसले नेपालको सीमाना पूर्वमा टिस्टासम्म पुर्‍याए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved