पिंगलास्थानको होटलमा एक युवती मृत फेला

नेपालभ्युज

पिंगलास्थानको होटलमा एक युवती मृत फेला
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित एउटा होटलमा एक युवती मृत फेला परेकी छिन् ।

त्यहाँको बागमती होटलमा बुधबार दिउँसो होटलको कोठा नम्बर ३०८ मा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी कागेश्वरी मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता खड्काको रहेकाे बताइएकाे छ ।

दिउँसोसम्म ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको थियो ।

सुस्मिताको हत्या भएको आशंका गरिएको छ ।

आफन्तबाट जाहेरी दरखास्त लिइ घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved